होमपेज / समाज
माघ १५,सल्यान
सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका स्थित लुहामबाट टुनिबोटतर्फ जाँदै गरेको रा १ त ५०२२ नम्बरको अटो दुर्घटना हुँदा चालक त्रिवेणी गाउँपालिका ५ मुलाबारीका टेक बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
राप्ती राजमार्गमा शनिबार दिउँसो दुर्घटनामा घाइते भएका विकको उपचारको क्रममा सल्यान जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले बताए । अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल अटो खसेको पौडेलको भनाई छ ।





.jpg)