ट्रेण्डिङ

होमपेज / समाज

घरेलु हिंसा पीडित परिवारलाई इन्सेकको सहयोग

  सल्यान खबर डेस्क २०७८ पौष २८ गते बुधबार १८:४२:१४ मा प्रकाशित

सल्यान,०७८ पुस २८

बागचौर नगरपालिका –११ हाँडिटार निवासी २८ वर्षीया लक्ष्मी विष्ट वलिलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । ३० वर्षीय पती दीपेन्द्र वलीले आफू सहित छोरीलाई भारतमा लगेर बेच्न खोजेपछि भारतबाट फर्किएर न्याय खोज्दै सल्यान पुगेकी महिलाले इन्सेकलाइ आर्थिक सहयोग गरी दिन भन्दै ०७८ पुस ६ गते लिखित निवेदन दिएकी थिइन ।दुई छोरी सहित सदरमुकाम पुगेकी ती महिलालाई पुस २८ गते इन्सेकले पन्ध्र हजार रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । 

आर्थिक अवस्था कमजोर भएका कारण पतिसँग सानो छोरीलाई लिएर भारतमा मजदुरी गर्न गएको समयमा पतिले आफूलाई अरूसँग पठाइदिन लागेको थाहा पाएपछि मैले मानिन्,इन्सेक प्रतिनिधि सँग कुरा गर्दै उनले भनिन्,मैले अब यहाँ बस्दै बस्दिन नेपाल फर्किन्छु भन्दा पैसा नभएको ठाउँमा यत्तिकै किन जाने त्यसो भए दुई लाखमा छोरीलाई बेचिदिन भनेपछि तुरुन्तै नेपाल फर्किएको पीडितले बताइन । 

घरमा भएको सम्पत्ति तिन भाइलाई भाग लगाउँदा आफूहरूलाई बस्ने घर नपरेपछि भारतमा गएर मजदुरी गरेर घर बनाम्ला भनेर सोचेको थिए तर अहिले त झन् श्रीमानले नै बेच्न खोजेपछि कस्का लागी दुःख गर्ने । दुई छोरी ठुली ६ वर्षको र सानो ४ वर्षको छोरीलाई समेत आफूसँगै राखी पुस ७ गते देखी माइतीमा बस्दै आएको बताउँदै उनले पतिले अहिले माइतीमा समेत सबैलाई मारी दिन्छु भन्दै धम्की दिने गरेको बताइन । 

सहयोग रकम बुझ्न पीडित महिलाले यस्तो अप्mठेरो परिस्थितिमा इन्सेकले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन ।इन्सेकले गरेको यस सहयोगले आफूहरूलाई ठुलो राहत भएको उनको भनाई छ  ।साना नानीहरूसँग कानुनी रुपमा अगाडी बढ्न समेत मलाइ कठिनाइ परेको समयमा इन्सेकले गरेको सहयोगले धेरै सहज भएको छ, उनले भनिन ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top