ट्रेण्डिङ

होमपेज / समाज

सूचना प्रविधिको पहुँच र प्रयोगमा सल्यानको शारदा नगरपालिका देशकै उत्कृष्ट आठमा

  सल्यान खबर डेस्क २०७८ पौष २० गते मंगलबार १४:५६:११ मा प्रकाशित

पुस २०,सल्यान 
सूचना प्रविधिको पहुँच र प्रयोगमा सल्यानको शारदा नगरपालिका देशकै ८ औँ स्थानमा पर्न सफल भएको छ । सात सय ५३ मध्ये ४ सय ३४ स्थानीय तहबाट प्राप्त विवरण विश्लेषण अनुसार शारदा नगरपालिका उत्कृष्ट १५ तह भित्र ८ औँ स्थानमा पर्न सफल भएको हो । शारदा नगरपालिकाले ७० प्राप्तांक पाएको छ । 

स्थानीय तहमा सूचना प्रविधिको पूर्वाधारको अवस्था, दक्ष एवं तालिमप्राप्त जनशक्तिको उपलब्धता एवं सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था लगायत सात विषयमा समेटिएको स्थानीय तहमा विद्युतीय शासन अवस्थामा लेखाजोखा मूल्यांकनमा शारदा नगरपालिका ८ औं स्थानमा परेको हो ।

 सात विषयलाई १०० पूर्णाक मा समेट्दा शारदा  नगरपालिकाले ७० अंक प्राप्त गरेको छ । पहिलो नम्बर भने रुकुम पश्चिमको चौरजहारी नगरपाकिा बनेको छ । उक्त नगरपालिकाले ८० अंक प्राप्त गरेको छ । यस्तै दोस्रोमा स्याङजाको वालिङ नगरपालिका भएको छ । 

‘सुगमभन्दा दुर्गमका पालिका उत्कृट रहेको विवरणले देखाएको छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुशीला अर्यालले भनिन्, ‘यो पाइलटिङ मूल्यांकन हो, उहाँहरूले नै उपलब्ध गराउनुभएको विवरणका आधारमा नतिजा आएको हो । उपलब्ध रहेका भनिएका सेवाबारे थप क्रसचेक गर्छौँ, अर्कोपटक बृहत् रूपमा अध्ययन गरिनेछ ।’
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top