ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्गको स्तरोन्नति गर्न सरोकारवाला निकायलाई दबाब

  सल्यान खबर डेस्क २०७८ पौष १४ गते बुधबार १७:१८:१८ मा प्रकाशित

पुस १४,सल्यान 

राप्ती राजमार्ग दिन प्रतिदिन जीर्ण बन्दै गएको र सडक दुर्घटना बढेको भन्दै सम्बन्धित निकायलाई स्तरोन्नतिको काम तीव्र गर्न दबाब दिने भएका छन् । 

बुधवार जिल्ला प्रशासन कार्यालय सल्यानमा भएको अन्तरक्रिया कार्यक्रममा राप्ती राजमार्गको चोरखोला देखि खौलासम्मको सडक दिनानुदिन  जीर्ण  भएको जसका कारण दुर्घटना बढको भन्दै तत्काल स्तरोन्नतीका काम अघि बढाउन दबाब दिइएको हो । 

अन्तरक्रिया कार्यालयले राप्ती राजमार्गको स्तरोन्नतिका लागि अल्पकालीन र र्दीघकालिन कार्य गर्ने निष्कर्ष समेत निकाले छ । 

अल्पकालीन कार्यमा हाल सडक डिभिजन कार्यालय दाङमा मर्मत सम्भार शीर्षकमा प्राप्त बजेट यथाशीघ्र कार्यान्वयन गर्न टेन्डर आह्वान गर्ने, सडक डिभिजन कार्यालय दाङबाट मर्मत कार्यको सडक डिभिजन दाङले गुणस्तरीयता कायम गर्न नियमित अनुगमन गर्ने र समयमै सम्पन्न गर्ने, सडक मर्मत कार्यको जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा स्थानीय प्रशासन, राजनीतिक दल, प्राविधिक, पत्रकार सम्मिलित टिमले नियमित अनुगमन गर्ने, सडक डिभिजन कार्यालय दाङबाट हाल निर्माणाधीन सडक समयमै निर्माण सम्पन्न गर्न साधन स्रोत र जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । 

यस्तै र्दीघकालिन कार्यमा राप्ती राजमार्गको विस्तार र पुनः निर्माण कार्य गर्नु पर्ने अति आवश्यक भएको तथा कपुरकोेबाट शितलपार्टी सडक खण्डको डिपिआर तयार भई बुहवर्षिय योजनाको फाइल हाल भौतिक योजना मन्त्रालयमा रहेकाले उक्त फाइल स्वीकृतिका लागि सडक डिभिजन कार्यालय दाङले पहल गर्ने, राप्ती राजमार्गको स्तरोन्नति तथा विस्तारका लागि बजेट विनियोजन गर्न जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार महासङ्घका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले भौतिक योजना मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा डेलिगेसन जाने र प्रधानमन्त्रीलाई भेट्ने, रोल्पा जिल्लामा सञ्चालित सिमेन्ट उत्पादनका लागि आवश्यक सामाग्री बोक्ने टिपरहरूले आफ्नो भार बहन क्षमता भन्दा बढी सामाग्री बोक्ने गरेका कारण सडक जीर्ण बन्दै गएकाले जिल्ला प्रहरी कार्यालयले भारवहन क्षमता अनुसार मात्र सामाग्री ओसार पसार गर्न लगाउने र सिमेन्ट उत्पादनका लागि दाङबाट रोल्पा आवत जावत गर्ने टिपरहरूको लागि वैकल्पिक मार्गको व्यवस्था गर्न रोल्पा र दाङ जिल्लासँग समन्वय गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top