होमपेज / समाज
पुस १०,सल्यान
राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ – सल्यान सडकखण्डको कपुरकोट देखि चोरखोलामा सडक स्तोरउन्नती गर्न दैनिक तीन पटक गरेर ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
पुस ११ गतेदेखि लागु हुने गरी २५ गतेसम्म सडक बन्द हुने र स्तरउन्नतीको काम हुने सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए ।
उनका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुने छ ।
यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोथ गर्न सकिने खड्काको भनाई छ । यसअघि पनि राप्ती राजमार्ग अन्र्तगत दाङखण्डमा स्तरउन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।





.jpg)