ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका स्थानीय तहको कृषि प्रसार सेवा प्रवाह क्षमता अभिवृद्धि गरिँदै

  सल्यान खबर डेस्क २०७८ पौष १० गते शनिबार १५:३६:१९ मा प्रकाशित

पुस १०,सल्यान 

 नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमले कर्णाली प्रदेशका विभिन्न पालिका अन्तर्गतका कृषि विकास शाखा र पशुपन्छी विकास शाखाहरूको सेवा प्रवाह क्षमताको मूल्याङ्कन गरिरहेको छ।

यसै बिच गत बिहीबार र शुक्रवार सल्यानको सिद्धकुमाख र दार्मा गाउँपालिकामा शाखाहरूको विद्यमान सेवा प्रवाह क्षमताको सहभागितामूलक मूल्याङ्कन गरिएको छ ।विद्यमान सेवा प्रवाह क्षमताको विश्लेषणको नतिजाको आधारमा कार्यक्रमले स्थानीय तहका कृषि र पशुपन्छी विकास शाखाको क्षमता विकासमा सहयोग पुर्‍याउने उद्देश्य लिइएको छ ।

मानव संसाधन, सुशासन, योजना तर्जुमा, कृषि प्रसार सेवा प्रवाह संयन्त्र, विभिन्न निकायसँगको साझेदारीहरू, ज्ञान व्यवस्थापन, लजिस्टिक व्यवस्थापन तथा कानुनी र नीतिगत प्रावधानहरू गरी जम्मा ८ वटा सूचक र २० वटा सहायक सूचकहरूको आधारमा गरिएको विश्लेषण अनुसार सिद्धकुमाख गाउँपालिकाले ५७.५५ ९औसत अङ्क २.३०० र दार्मा गाउँपालिकाले ५२.५०५ ९औसत अङ्क २.१०० प्राप्त गरेका छन् । प्राप्ताङ्कको आधारमा दुवै पालिकाका शाखाहरूको सेवा प्रवाह क्षमता आधारभूत तहको देखिएको छ ।आगामी दिनमा सेवा प्रवाह क्षमता अभिवृद्धिका लागि छुट्टाछुट्टै क्षमता विकास योजना समेत तयार गरिएको छ । 

 कार्यक्रमले विशेष गरी कृषि र पशु सेवामा संलग्न कर्मचारीको क्षमता विकास र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिने कृषि औजार उपकरण र मेसिनरीहरुको लागि सहयोग उपलब्ध गराउने छ ।कृषि क्षेत्र विकास कार्यक्रमका कर्मचारीहरूको सहजीकरण मा सम्पन्न गरिएको उक्त कार्यक्रममा सम्बन्धित पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शाखाका कर्मचारीहरूको उपस्थिति थियो ।

कृषि क्षेत्र विकास कार्यक्रम हुम्ला र डोल्पा बाहेक कर्णाली प्रदेशका ४७ वटा पालिकामा सञ्चालित छ ।कार्यक्रम सञ्चालनका लागि कृषि क्षेत्र विकास कार्यक्रम र पालिका बिच यस अघि नै समझदारी समेत भइसकेको छ ।

कार्यक्रमले नाफामूलक कृषि मूल्य शृङ्खला बाली वस्तुको पहिचान तथा छनोट, बाली वस्तुको मूल्य शृङ्खला विकासको लागि सह–लगानी, मूल्य शृङ्खलामा प्रत्यक्ष जोडिने सामुदायिक तथा सार्वजनिक पूर्वाधार निर्माणमा सह–लगानी, ग्रामीण वित्तीय सेवाको विकास, कर्जा पहुँचमा सहजीकरण एवं स्थानीय तहमा सहभागितामूलक तथा बहुपक्षीय कृषि प्रसार सेवाको संस्थागत विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top