होमपेज / समाज
पुस ७,सल्यान
अनलाइन टिभी पत्रकार संघ सल्यानको अध्यक्षमा सञ्जिव देवकोटा निर्वाचित भएका छन् । बुधबार सल्यान खलंगामा भएको संघको पहिलो अधिवेशनले देवकोटालाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो ।
देवकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा संगम बिहानी र करेश्मा गिरी, सचिव अमृत बाबु बुढाथोकी, सह सचिव सागर क्षेत्री , नोखीराम थापा, कोषाध्यक्षमा उत्तर कुमार शाहु रहेका छन् । यस्तै सदस्यहरुमा प्रसिद्ध डाँगी, रुपलाल चलाउने, सुधिर पुन, प्रदिप मगर, झरना चन्द, साबित्रा बस्नेत, दिपेश ढकाल र खिमा बोहोरा रहेका छन् ।





.jpg)