ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको जंगलमा मानव कंकाल फेला

  सल्यान खबर डेस्क २०७८ पौष ३ गते शनिबार २०:०६:२७ मा प्रकाशित

 पुस ३,सल्यान 
सल्यानको कुमाख गाउँपालिका –७ जिमाली स्थित काउलेखोलामा मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा कुहिएको अवस्थामा पुरुषको कंकाल शनिबार फेला परेको हो ।

 स्थानीयले जंगलमा घाँस काट्ने क्रममा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटोबाट झन्डै २० मिटर तल खोल्सामा फेला परेको कंकाल कुमाख गाउँपालिका ७ जिमालीका अन्दाजी ६० वर्षीय गंगाराम नाथको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी श्याम प्रकाश यादवले जानकारी दिए । घटनास्थलबाट प्रहरीले जुत्ता, कपडा, टोपि भेटिएको उनको भनाई छ । उक्त सामानको आधारमा घरपरिवारले नाथको कंकाल भएको पहिचान गरेको यादवले बताए ।

नाथ गत मंसिर १२ गते काम गर्न गएको भन्दै घरबाट गएका थिए । घरमा नआएपछि घरपरिवारले खोजविन गरेको र तर प्रहरीलाई भने खबर नगरेको पाइएको छ । उनी पटक पटक घरमा कोहीलाई केही नभनि कामको शिलशिलामा भारत जाने गरेकाले भारत गएको अनुमान गरी घरपरिवारले पनि खासै खोजविन नगरेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top