होमपेज / समाज
मंसिर २६,सल्यान
दाङ्ग तुलसीपुरबाट सल्यान कपुरकोट आउँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर उपमहानगरपालिका –३ सिरखोलामा रा १ ज ४३८ नम्बर जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा ४५ वर्षीया सौनी घर्ती र ४८ वर्षीय प्रेम प्रकाश शर्मा र ४६ वर्षीय कर्ण बहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरुको ठेगाना भने खुल्न सकेको छैन । जिप सडकबाट करिब २ सय मिटर तल सकेको प्रहरीले जनाएको छ ।
जिपमा कति जना यात्रु सवार रहेका थिए भन्ने एकिन हुन सकेको छैन र घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र नेपालगञ्जमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।





.jpg)