होमपेज / समाज
मंसिर १५,सल्यान
सल्यानमा ३८ एचआइभी एड्स संक्रमित रहेको पाइएको छ । एचआइभी एड्स सम्बन्धी कार्य गर्दै आइरहेको शारदा प्लसका अनुसार जिल्लामा हाल ३८ जनामा संक्रमित देखिएका हुन ।
कार्यालयका अनुसार जिल्लामा २१ पुरुष र १७ महिला रहेका छन् । जसमा ७ बालबालिका छन् । सात बालबालिका मध्ये २ जना आफ्नै आमाबुवासँग रहेका छन् भने पाँच जना काठमाण्डौ स्थित बेवी केयर होममा रहेको शारदा प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए ।
संक्रमित मध्ये २६ जनाका जिल्लाबाट एआरटी सेवा लिइरहेका छन् भने अन्य १२ जनाले जिल्ला बाहिरबाट सेवा लिदै आइरहेको शारदा प्लसकी केश ट्रेकर मना बस्नेतले बताइन । उनका अनुसार संक्रमितले नियमित सल्यान जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका छन् । नियमित व्यायम, खानपिन, घर परिवारबाट माया स्नेह र एआरटी सेवा नियमित लिए संक्रमितले लामो सयमसम्म जीवन सक्ने उनको भनाई छ ।
समाजमा तिरस्कृत र अपहेलित हुने डर र त्रासका कारण धेरै मानिस खुल्न नचाहे पनि पछिल्लो समय भने खुल्न थालेको टोलीनेता विष्टको भनाई छ । संक्रमितहरुले पनि अहिले विभिन्न पेशा व्यवसाय सञ्चालन गर्दै आइरहेको उनको भनाई छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको क्रममा एक जना एचआइभी संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।





.jpg)