होमपेज / समाज
मङ्सिर ९,सल्यान
कालीमाटी गाउँपालिका–६ र ७ लाई जोड्न बबई नदीमा निर्माणाधीन पक्की पुल ४ वर्षदेखि अलपत्र परेको छ । निर्माणको जिम्मा लिएको रसुवारइलाइट जेभीको लापरवाहीले पुल निर्माणको काम अलपत्र परेको हो ।
ठेकेदार कम्पनीले संघीय सरकारको ४५ करोड बजेटबाट पुल निर्माणका लागि २०७४ असार ९ गते सम्झौता गरेको थियो । उसले २०७७ असार ९ गते पुल निर्माणको काम सम्पन्न गर्ने गरी नेपालगन्जस्थित पुल योजना सेक्टर नं–३ कार्यालयसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले बबई नदीमा पुल निर्माणका लागि फाउन्डेसनको काम पूरा गरे पनि नदीमा आएको बाढीले बगाएपछि पुल निर्माणको काम अलपत्र परेको हो । ठेक्का भएकै वर्ष आएको बाढीले पुल बगाए पनि ठेकेदारले त्यसयता कुनै काम गरेका छैनन् ।
पुल निर्माणको काम पूरा नहुँदा वर्षायाममा सास्ती भोगिरहेको स्थानीय कर्णबहादुर रानाले बताए । ‘साना गाडी चलाउन अहिले पनि समस्या छ,’ उनले भने, ‘पुल नबन्दा स्थानीय उत्पादनले बजार पाएको छैन, दैनिक उपभोग्य सामान ढुवानीमा पनि समस्या छ ।’ उनका अनुसार पुल निर्माणको जिम्मेवारी पाएका रसुवारइलाइट जेभीका ठेकेदार एक पटक मात्र पुल निर्माणस्थलमा आएका छन् । उनले सरकारी निकायको बेवास्ताका कारण काप्रेचौर विगतदेखि नै विकासविहीन बनेको गुनासो गरे ।
विभिन्न निकायमार्फत पुल निर्माणको काम छिटो सक्न निर्माण कम्पनीलाई ताकेता पनि अहिले सम्र्पकमा आएको कालिमाटी गाउँपालिका–७ का वडाध्यक्ष नयनसिं रानाले बताए । ‘ धेरै ताकेता गरेपछि अहिले ठेकेदार कम्पनीले सामान झारी रहेको उनको भनाई छ । ठेकेदार कम्पनीले सुरुवातमा केही सामग्री ल्याइ पिलर निर्माणको लागि फाउन्डेसन खनेर झारा टार्ने काम मात्र गरेको थियो
ekantipur





.jpg)