ट्रेण्डिङ

होमपेज / समाज

कुपिण्डेतालमा डुबेर बालकको मृत्यु

  सल्यान खबर डेस्क २०७८ मंसिर ३ गते शुक्रबार १८:१३:११ मा प्रकाशित

सरिता चलाउने मङ्सिर ३,सल्यान 

सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ८ मा रहेको तालमा डुबेर एक बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका – ८ आगरनेटाका ८ वर्षीय राजेश सुनारको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 शुक्रबार दिउँसो साथीहरूसँग पौडी खेल्न जाँदा  तालमा डुबेको र मृत अवस्थामा बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

पूर्णिमाको अवसरमा आज तालमा मेला लागेको र उक्त मेला हेर्न उनी आएका थिए । घटनाको थप अनुसन्धान अघि बढाइएको सूचना अधिकारी पौडेलले बताए ।    

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top