ट्रेण्डिङ

होमपेज / समाज

बागचौरको थारमारेमा निःशुल्क डेन्टल शिविर हुने

  सल्यान खबर डेस्क २०७८ कार्तिक २४ गते बुधबार १३:४६:५४ मा प्रकाशित

पुष्पा रिजन डि.सी. कार्तिक २४, सल्यान ।

  सल्यानी युवा सञ्जालले बागचौर नगरपालिकाको थारमारेमा निःशुल्क डेन्टल शिविर संचालन गर्ने भएको छ ।
 कार्तिक २७ गते अधिकारी डेन्टल क्लिनिक प्रा.लि. श्रीनगरको आयोजना, बागचौर नगरपालिकाको सहकार्य र सल्यानी युवा सञ्जाल बागचौर नगर कार्यसमितिको सहजीकरणमा जनकल्याण क्याम्पसमा शिविर हुने भएको हो ।

सल्यानी युवा सञ्जालका अध्यक्ष सुदर्शन बुढाथोकीले विशेष गरी विगतका शिविरहरु संचालन गर्दै गर्दा धेरै जसो बिरामीहरुको माग अब दाँत सम्बन्धी पनि शिविर संचालन गर्नु पर्यो भन्ने थियो त्यहि कुरालाई मध्यनजर गरि शिविर संचालन गर्न लागेको  उनको भनाई छ । अवसरबाट निःशुल्क सेवा लिनु हुन सम्पुर्ण दाँत सम्बन्धि समस्या भएका बिरामीहरूलाई अनुरोध समेत गरेका छन ।

उनले शिविर सम्बन्धि थप जानकारी लिनका लागि सल्यानी युवा सञ्जालसँग आबद्ध साथीहरूसँग सम्पर्क गर्न सकिने समेत बताएका छन । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top