ट्रेण्डिङ

होमपेज / समाज

सबै खाले विभेदका विरुद्ध लड्न दलित अगुवाहरूको आग्रह

  सल्यान खबर डेस्क २०७८ कार्तिक १५ गते सोमबार १८:२२:०१ मा प्रकाशित

पुष्पा रिजन डि.सी, कात्तिक १५,सल्यान 

राष्ट्रिय दलित मुक्ति जागरण नेपालका संयोजक खकेन्द्र सुनारले सामन्तीहरूले दलितहरूलाई हर ठाउँमा थिचोमिचो गर्दै आएकोले कुनै पनि विभेदका विरुद्ध सबैले उठेर लड्नु पर्ने बताएका छन्  । अब दलित माथि गरिने विभेदको प्रतिकार गरिने र जातका आधारमा हुने अन्याय अत्याचारका विरुद्ध एकताबद्ध भएर लड्ने बताए । 

आइतबार सल्यान थारमारेमा  दलित मुक्ति  जागरण अभियान सल्यानले आयोजना गरेको बृहत् आमसभामा बोल्दै सुनारले  दलितलाई एक ठाउँमा मात्र नभई हजार ठाउँ, कुना कुनामा विभेद गरिएको बताए । स्थानीय सरकारमा पनि दलितलाई कोरम पुर्‍याउन र हस्ताक्षर गराउन मात्र राखिएको बताए । उनले भने दलितहरूका कुरा सुन्ने र दलित मुखी योजना तथा बजेट निर्माण गर्ने भन्दा पनि बैठकको कोरम पुर्‍याउन र हस्ताक्षर गराउन मात्र राखिएको छ । 

 यस्तै दलित मुक्ति  जागरण अभियान नेपाल, सल्यानका  खेमराज सुनारले दलित मुक्तिका लागि जुनसुकै ठाउँमा आफ्नो ज्यानको बली समेत दिन तयार भएको बताए। यो एउटा ऐतिहासिक कार्यक्रम भएको र यो सभालाई सफल पार्न गाउँ गाउँ, बस्ती बस्तीबाट उपस्थित हुने सम्पूर्णमा धन्यवाद प्रकट गर्दै आगामी दिनहरूमा यहाँहरूको पूर्ण साथको अपेक्षा सहित आफू लगायत आफूजस्तै सिङ्गो युवा टिम दलित मुक्तिका लागि हरपल जुनसुकै ठाउँमा पनि आवाज उठाउन तयार हुने प्रतिबद्धता समेत गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top