ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका वडाध्यक्षले गरे व्यक्तिगत लगानीमा सडक मर्मत

  सल्यान खबर डेस्क २०७८ कार्तिक १५ गते सोमबार १७:५६:३३ मा प्रकाशित

सेरजङ्ग कवर कात्तिक १५,सल्यान 

सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ८ का वडाध्यक्ष कुल बहादुर पुरीले आफ्नो व्यक्तिगत लगानीमा सडक मर्मत गरेका छन् । सल्यान खलङ्गा– जयतपानी – सल्लीबजार सडक खण्डको मर्मत गरेका हुन । 

ज्यामिरेदेखि बाबियाचौरसम्मको झन्डै तीन किलोमिटर सडक मर्मत गरिएको वडाध्यक्ष कुल बहादुर पुरीले बताए । बर्सातको पानीले ठाउँ ठाउँमा बिग्रिएको सडक मर्मत सम्भार गरेको उनको भनाई छ ।

 चाडपर्व भित्रिएको र उक्त सडक खण्ड पहिरोले जोखिमयुक्त भएकाले आफ्नै लगानीमा सुधार गरिएको उनले बताए । सम्बन्धित निकायले बर्सात सकिएर हिउँद लागिसक्दा पनि मर्मत गर्न ध्यान नदिए पछि आफूले सडक मर्मत गरेको पुरीको भनाई छ । 

पुरीले यसअघि आफूले पाउने सेवा सुविधा कटाएर स्वास्थ्य संस्थामा लगानी गरेका थिए । यस्तै हिन्दुहरूको महान् चाड तिहार भित्रिएसँगै ग्रामीण सडकहरू पनि मर्मत गरिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top