ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा प्राकृतिक विपदबाट चार महिनामा चार जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७८ कार्तिक १४ गते आइतबार १६:२९:०९ मा प्रकाशित

कात्तिक १४,सल्यान 

सल्यानमा प्राकृतिक विपदबाट चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार प्राकृतिक विपदबाट साउनदेखि हालसम्म चार जनाले ज्यान गुमाएका हुन । चालु आर्थिक वर्षमा पहिरोले भन्दा चारै जनाको बाढी र खोलाले बगाएर मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । 

यस्तै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको छ । बैठकले आर्थिक वर्षको साउनदेखि हालसम्म मनसुन तथा बाढी पहिरोको कारणले भएको मानवीय क्षति तथा घर आवासमा भएको क्षतिको तथ्याङ्क यकिन गरी दिइएको राहत रकमको अनुमोदन गरेको छ । प्राकृतिक विपदबाट भएको क्षति बापत १० लाख ९५ हजार राहत रकम पिडितलाई उपलब्ध गराइएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

यस्तै बैठकले असोज ३१ देखि कात्तिक ४ गतेसम्म लगातार परेको बेमौसमी वर्षाले घर आवास र धान खेतीमा क्षति पु¥याएकोले सबै पालिकाले क्षतिको विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने, वर्षा याम सकिएर हिउँद सुरु भएकाले क्रमशः तापक्रम चिसो हुँदै गएकाले चिसो तथा शितलहरको जोखिमबाट बच्न पालिकाहरूले आवश्यक स्रोत र साधनको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन । 

यस्तै कोभिड १९ को संक्रमण कायमै भएकाले घरबाहिर निस्कँदा, कार्यालयबाट सेवा प्रदान गर्दा तथा विकास निर्माणको कार्य सञ्चालन गर्दा सरोकारवाला निकाय सबैले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने, आगामी दिनमा हुनसक्ने आगलागी तथा बन डढेलोको प्रकोप हुन नदिन तथा सो सम्बन्धी जोखिम न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले नेपाली सेना सबुज गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलसँग समन्वय गरी सचेतना मूलक नमुना अभ्यास प्रदर्शन गर्ने र आगलागी तथा डढेलो न्यूनीकरण गर्ने सम्बन्धी सूचना सञ्चार माध्यमबाट प्रकाशन प्रसारण गर्ने निर्णय गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top