ट्रेण्डिङ

होमपेज / समाज

बागचौरमा राष्ट्रिय जनगणना २०७८ कालागि चार दिने गणक तालिम सुरु

  सल्यान खबर डेस्क २०७८ कार्तिक १३ गते शनिबार १८:११:१८ मा प्रकाशित

पुष्पा रिजन डि.सी. कार्तिक १३, सल्यान ।

  बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को लागि ४ दिने गणक तालिम जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा शनिवार देखी सुरु भएको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको  बताए ।  यो राष्ट्रव्यापी महाअभियानबाट महत्त्वपूर्ण तथ्याङ्क प्राप्त हुने र संवृद्ध नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्याङ्क प्राप्त हुनेमा  विश्वस्त रहेको बताए ।  

कार्तिक १३ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त तालीम सँगै कार्तिक १५ र १६ गते दुई दिने सुपरिवेक्षक तालीम पनि सञ्चालन हुने बागचौर नगरपालिकाले जनाएको छ  । कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म गणकहरू मुख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेको छ ।

उक्त तालिममा बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाका ६८ जना गणकहरूको सहभागिता रहेको छ । कार्यक्रममा स्थानीय जनगणना अधिकारी टेक बहादुर डि.सी.,  इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल थापा, मुख्य प्रशिक्षकहरू शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी.,  डा. पूर्ण बहादुर भण्डारी, चूडामणि के.सी.,  वीरेन्द्र प्रकाश डि.सी , रविकिरण ओली लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top