ट्रेण्डिङ

होमपेज / समाज

बेमौसमी बर्सादले सल्यानको त्रिवेणी गाउँपालिकामा चार हजार रोपनी भन्दा बढीमा लगाएको धान बालीमा क्षति

  सल्यान खबर डेस्क २०७८ कार्तिक ९ गते मंगलबार १६:२५:२४ मा प्रकाशित

कात्तिक ९,सल्यान । 

बेमौसमी वर्षाका कारण सल्यानको त्रिवेणी गाउँपालिकामा मात्र चार हजार भन्दा बढी रोपनीमा लगाएको धान बालीमा क्षति पुगेको छ । 

गाउँपालिकाले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार ४ हजार १ सय ७० रोपनीमा लगाएको २ हजार ८० दशमलव ४० क्विन्टल धान बालीमा क्षति पुगेको छ ।

 सबैभन्दा धेरै वडा न १ मा ८ सय १० क्विन्टल धानमा क्षति पुगेको देखिएको छ । गाउँपालिका भित्रका १ हजार २ सय ४ घरपरिवारले लगाएको धान बालीमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका कृषि अधिकृत अमर सिंह बबालले जानकारी दिए । 

उनका अनुसार वडा न १ मा ४ सय १६ घरपरिवारले १ हजार ६ सय ६० रोपनीमा लगाएको ८ सय १० क्विन्टल, वडा न २ मा २ सय ५६ घरपरिवारले ७ सय ७२ रोपनीमा लगाएको ३ सय ८९ क्विन्टल, वडा न ३ मा २ सय ९६ घरपरिवारले लगाएको ९ सय ७५ रोपनीमा लगाएको ४ सय ८७ क्विन्टलमा धान बालीमा क्षति पुगेको छ । 

यस्तै वडा न ४ मा १९ किसानले लगाएको ६० रोपनीमा २९ क्विन्टल, वडा न ५ का ६७ घरपरिवारले लगाएको २ सय १३ रोपनीमा लगाएको १ सय १९ क्विन्टल र वडा न ६ मा १५० किसानले ४ सय ८९ रोपनीमा लगाएको २ सय ४६ क्विन्टल धान बालीमा क्षति पुगेको बबालले बताए । धान पाकेर भित्र्याउने समयमा बेमौसमी वर्षा हुँदा धेरै किसान मारमा परेको उनको भनाई छ । काटेको र हावाहुरीले लडाएको धानलाई मात्र तथ्याङ्क सङ्कलन गरिएको उनको भनाई छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top