ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अपरिचित समूहले तरकारी ब्यापारीबाट तीन लाख लुट्यो

  सल्यान खबर डेस्क २०७८ कार्तिक ८ गते सोमबार १८:०८:२१ मा प्रकाशित

 ८ सल्यान 
सल्यानमा तरकारी खरिदका लागि आएका ब्यापारी लुटिएका छन् । सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर १ को कालापात्लाको जंगलमा चार पाँच जना अपरिचि
त समूहले हतियार देखाएर ब्यापारिबाट नगद ३ लाख रुपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरुको समूहले दिनदहाडै लुटपाट गरेका हुन् । रा १ ख २३९१ नम्बरको मिनि ट्रकमा तरकारी खरिदका लागि ब्यापारि हलुवाई आएका थिए ।
लुटेराहरुको समूहले सोमबार विहान साढे ११ बजेतीरको समयमा गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले जनाए । उनका अनुसार मिनि ट्रकमा ब्यापारि र चालक तथा लेवर सहित चार जना थिए 
 मुख छोपेर आएका लुटेराहरुले गाडीको चाबी समेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन् । रकम लुटेर उनीहरु रोल्पातीर भागेको व्यापारिले जनाए । उक्त गाडी घटनास्थलमै छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top