होमपेज / समाज
५ सल्यान । सल्यानमा घट्टको पाइप काटिदिएको निहुँमा एक जनालाई हातखुुुट्टा बाधेर कुुुटपिट भएको छ । जिल्लाको दार्मा गाउँपालिका–५ बाँधनेमा तिन जना युवाहरुले सञ्चालन गरेको घट्ट तिन जना मध्यकै अर्का युवाले पाईप काटिदिएपछि विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । संयुक्त रुपमा चलाएको घट्टको पाइप सोही ठाउँका जीवनबहादुर खड्काले काटेपछि मार्छु भन्दै उनीहरुको घर गएका थिए ।
जीवनबहादुरलाई दुइ जनाले डोरीले हात खुट्टा बाँधेर कुटपिट गरेको प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले बताए । उनका अनुसार घटना लगत्तै प्रहरीको टोलीले घाइते जीवनलाई उद्दार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ । डोरी बाँधेर कुट्ने दुई जनालाई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





.jpg)