होमपेज / समाज
मिना खड्का ,३ कात्तिक, सल्यान ।
सल्यानको दार्मा गाउँ पालिकामा वकालतिय रणनीति योजना कार्यशाला सम्पन्न भएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत समुदायमा आधारित सामुदायिक संस्था र सामुदायिक समुहका सदस्यहरुका लागि ३ दिने कार्यशाला सम्पन्न भएको हो ।
`युरोपियन युनियन सहकर्मी समाज, दलित विकास समाज, दलित महिला केन्द्र, आई एम स्विडिस डेभलपमेन्ट पार्टनर, तेर दे जोम´ को सहयोगमा सम्पन्न कार्यशालामा ६ वटै वडाका १८ महिला र १ पुरुष गरी जम्मा १९ जना सहभागी थिए । सहभागिहरुले ३ दिनको अवधिमा आवस्यक सवालहरु पहिचान र छनोट गरी वकालतीय रणनीति योजना निर्माण गर्न सक्ने भएका छन् । दार्मा गाउँ पालिकामा बालविवाह, जातीय विभेद, अन्धविश्वास, महिला हिंसा, मदिरा सेवनबाट निम्तिने घरेलुु हिंसा, सुचना तथा सञ्चारको कमि, खानेपानी र सिचाइको अभाव जस्ता समस्या मुख्य समस्याका रुपमा पहिचान गरिएको छ । पहिचान भएका उक्त समस्यामध्ये बालविवाह, खानेपानी र सिचाइको वकालतीय रणनीति योजना निर्माण गरिएको छ । निर्माण गरिएका उक्त योजना गाउँ पालिकामा पेश गर्ने सामुदायिक समुहका सदस्यहरुले बताए ।
साथै कार्यशालाको प्रशिक्षक गुमानसिँह नेपाली रहेका थिए । कार्यक्रमको सञ्चालन `सुशासनमा नागरिक सहभागिता कार्यक्रम´को सामुदायिक सहजकर्ता कमला शाहीले गरेकी थिइन् । अन्तिम दिन कार्यसालाको समापन दार्मा गाउँ कार्यपालिका सदस्य जुना चन्द मल्लले गरेकी थिइन् ।





.jpg)