ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा माइतीघर जान हिँडेकी महिलाको जेसिबीको ठक्करबाट मृत्यु: प्रहरी

  सल्यान खबर डेस्क २०७८ आश्विन १९ गते मंगलबार १७:२३:१९ मा प्रकाशित

असोज १९,सल्यान 
जिल्लाको बागचौर नगरपालिका – २ गैरीकी ५४ वर्षिया रामकली खत्रीको मृत्यु जेसिबीको ठक्करबाट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

शनिवार साँझ साढे ५ बजेतिर घरदेखि माइती घर जान भनेर हिडेकी खत्रीको शव सोही दिनको साढे ७ बजेतिर बाटोमा फेला परेको थियो ।
सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले प्रारम्भिक अनुसन्धानबाट खत्रीको मृत्यु जेसिबको ठम्करकै कारण भएको देखिएको बताए । 

जेसिबी चालकलाई सल्यान जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान गरी रहेको उनको भनाई छ । घटना भएको दिन जेसिबी बाहेक अन्य कुनै सवारी साधन उक्त सडकबाट नहिँडेकाले जेसिबिकै ठक्करबाट मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरी प्रमुख थापाले बताए ।

 सवारी ज्यान अन्तर्गत हिरासतमा राखी अनुसन्धान गरी रहेका छौ उनले भने । सोधपुछका लागि नियन्त्रणमा लिएका अन्य दुई जनालाई छोडिएको प्रहरीले जनाएको छ । 

शनिवार बेलुका खत्री माइतीमा जान भनेर घरबाट हिडेकी थिइन । खत्रीको घर र माइती घरको दुरी झन्डै तीन किलोमिटर जति टाढा रहेको प्रहरीले जनाएको छ । उनको शव बीच बाटोमा फेला परेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top