ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक महिला मृत फेला, अनुसन्धानका लागि कोहलपुरबाट कुकुर ल्याइदै

  सल्यान खबर डेस्क २०७८ आश्विन १७ गते आइतबार १०:५१:२३ मा प्रकाशित

असोज १७,सल्यान 
सल्यानमा एक महिला मृत फेला परेकी छन् ।
 जिल्लाको बागचौर नगरपालिका –२ गैरी निवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

शनिवार करिब साढे ४ बजेतिर माइत जान्छु भनेनर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दुरीमा रहेको ठाटीचौरको कच्चीबाटोमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । 

घटना शंकास्पद हुन सक्ने भन्दै अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर ल्याउन थालिएको उनको भनाई छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top