ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग अवरुद्ध

  सल्यान खबर डेस्क २०७८ आश्विन १५ गते शुक्रबार १८:४९:०२ मा प्रकाशित

असोज १५,सल्यान 
जिपको ठक्करले दुई विद्यार्थीको मृत्यु भएपछि स्थानीयले राप्ती राजमार्ग अवरुद्ध गरेका छन् ।

 गाडी चालकलाई कारवाही र मृतक र घाइतेका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन ।
 क्षतिपूर्ति दिने विषयमा सहमति नभएसम्म राजमार्ग सञ्चालन गर्न नदिने स्थानीयको भनाई छ । घटना भएको स्थानमा नै स्थानीयले सडकमा ढुङ्गा काठ राखेर अवरुद्ध गरेका छन् ।

ठूलो संख्यामा स्थानीयको सडकमा उपस्थिगित रहेको छ । एउटै गाउँका दुई जनाको मृत्यु भएपनि बरलाको गाउँ नै शोकमा डुबेको छ । 
यता प्रहरीले सडक सूचारु गर्ने विषयमा छलफल भइरहेको जनाएको छ । 

आज बिहान बागचौर देखि सल्यान खलंगा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जिपले शारदा नगरपालिका –२ बाङ्गेसल्लामा रुखको छहारीमा बसी रहेका पाँच विद्यार्थीलाई ठक्कर दिएको थियो । ठक्कर  दिँदा दुई जनाको उपचारको क्रममा दाङ्ग तुलसीपुरमा मृत्यु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top