ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा प्रभात फेरी गरी विश्व रेबिज दिवस मनाइयो 

  सल्यान खबर डेस्क २०७८ आश्विन १२ गते मंगलबार १६:२२:०३ मा प्रकाशित

असोज १२,सल्यान 

‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मूल नारासहित ‘विश्व रेबिज दिवस’ सल्यानमा  मनाइएको छ ।  रेबिज जङ्गली तथा घरपालुवा जनावरहरूको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्र्याइँ  गर्न नहुने सन्देश सहित सल्यानमा प्रभात फेरीको आयोजना गरी दिवस मनाइएको छ । 

प्रभात फेरी पछि आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले रेबिज रोग बच्न खोपको व्यवस्था भएपनि लार्पवाही गर्दा ज्यान जान सक्ने बत्ताएका छन् । उनीहरूले  रेबिज रोगको लक्षण देखिएमा उपचार सम्भव नहुने भएकाले घरपालुवा जनावरलाई खोप लगाउनु पर्ने  जोड दिएका छन् । 

 पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र सहिद नेत्रलाल वहु प्राविधिक विद्यालयको संयुक्त आयोजानमा भएको कार्यक्रममा पशु चिकित्सक वालकृष्ण पाण्डेले  रेबिज एक प्राणघातक भाइरस रहेको  नेपालमा लगभग सबैजसो रेबिज रोग सङ्क्रमित कुकुरको टोकाइबाट सर्ने गरेकोले घरपालुवा कुकुर,बिरालो लगायतका जनावरलाई रेबिज विरुद्धको  खोप लगाउनु पर्ने बताए । उनका अनुसार रेबिज विरुद्धको खोप नेपालमै बन्ने भएकाले खोप किनेर लगाउन सकिन्छ । 

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले  खोप लगाए रेबिजबाट शतप्रतिशत सुरक्षित भइन्छ भने नलगाए मृत्यु अनिवार्य हुने भएकाले सचेत रहनु पर्ने बताए । उनले स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षित राख्न सामुदायिक, र घरपालुवा जनावरलाई खोप लगाउन सचेतना जगाउनु पर्ने बताए ।

रेबिज विरुद्धको खोप लगाऔँ, रेबिज तथ्य वुझौ, त्रसित नवनौ लगायत प्लेकार्ड सहित नाराजुलुश  गर्दे साहुटोल, ठन्डी सडक, पुरानो बसपार्क, डाँडागाउँ, जोडिपिपल हुँदै टुँडिखेल भएर र्‍याली निकालिएको हो । प्रभात र्‍याली पुरानो बसपार्क पुगेर कोण सभामा परिणत भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top