होमपेज / समाज
असोज २,सल्यान
सल्यान खलङ्गामा आयोजित एक कार्यक्रमका सहभागीहरूले वास्तविक घरबार विहीनले अझै आवास पाउन नसकेको गुनासो गरेका छन् । नेपाल सरकारले घर निमार्ण नै गर्न नसक्ने र फुसको छाना हटाएर जस्तापाता दिए पनि उक्त पहुँचबाट घरबार विहीन विमुख नै रहेको बताएका छन् ।
शनिवार सल्यान खलङ्गामा इन्सेक सल्यानले आयोजना गरेको आवासको अधिकार सम्बन्धी सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरूले राज्यको पहुँचबाट विमुख समुदाय अझै पछाडि परी रहेका बताएका छन् । कार्यक्रममा बोल्दै सोविता बस्नेतले सरकारले फुसको छाना हटाएर जस्ता पाता वितरण गरी रहेको भएपनि पहिले नै जस्तापाताको घर भएका व्यक्तिले पाइरहेको बताइन । पाउनु पर्ने मान्छे छुटी रहने तर टाँठाबाँठोले पाइ रहने संस्कारको अन्त्य हुन सकेन ।
घरबार विहीनलाई घर बनाउँदा र जस्तापाता वितरण गर्दा नगरपालिकाले विशेष ध्यान दिनु पर्ने उनको भनाई छ ।
शारदा नगरपालिकामा आवास विहीनहरूलाई जनता आवास कार्यक्रम मार्फत आवास बनाइ रहेको शारदा नगरपालिका – २ का वडाध्यक्ष केशव सिंह श्रेष्ठले जानकारी दिए । नगरपालिका भित्र खरका छाना भएका व्यक्तिलाई जस्तापाता वितरण गरिएको उनको भनाई छ ।





.jpg)