होमपेज / समाज
माघ २१, सल्यान । सामाजिक अपराध घटाउन भन्दै सल्यानमा सन्देश मुलक स्टिकर अभियान सञ्चालन गरिएको छ । मानविय सचेतनाको माध्यमबाट संस्कारयुक्त समाज विकास गर्ने लक्ष्यका साथ जिल्लाका ४६ हजार घरधुरीमा सन्देश मुलक स्टिकर अभियान सञ्चालन गरिएको हो ।
जिल्लाका १० वटै स्थानीय तहले सन्देशमुलक स्टिकर टाँस अभियान सञ्चालन गरेका छन् । चेतना, ज्ञानको कमी तथा सूचनाको कमिका कारण समाजमा अपराधिक क्रियाकलाप बढेको भन्दै जिल्ला प्रहरी कार्यालयको सहकार्यमा दश वटै स्थानीय तहले अभियान सञ्चालन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानले स्टिकर हेर्दा सानो रहे पनि यसको फाइदा र समाजमा पार्ने प्रभाव निकै ठूलो रहेको बताए । उनले समाजमा विकृति विसंगतीलाई हटाउन हरेक सचेत नागरिक एक हुनु पर्नेमा जोड दिए । सभ्य र शान्त समाज निमार्णका लागि स्थानीइ सरकार, प्रहरी र नागरिक बिच समन्वय हुन जरुरी रहेका बताए ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले सम्बन्ध विच्छेद, बहुविवाह देखि आत्महत्या जस्ताघटना हुनुमा विभिन्न कारण मध्ये बाल विवाह पनि प्रमुख कारणको रुपमा देखिएकाले सामाजिक अपराधको रुपमा रहेको बालविवाहलाई जरैबाट फाल्न प्रहरीले अभियान चलाएको बताए ।
अपराध रोकथाम गर्न,विकृति एंव विसंगती विरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यवस्थापनमा जनसहयोग जुटाउदै समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्यले अभियान चलाइएको उनको भनाई छ । घरघरमा टाँसिने यस प्रकारको स्टिकरले समाजमा सचेतना फैलाउने र कुनै घटना भैहाले तुरुन्तै सम्बन्धीत निकायमा खबर गर्न नागरिकलाई सजिलो हुने विश्वास लिएको कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले बताए ।
स्टिकरमा व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै गर्नुपर्ने देखि बाल विवाह न्युनिकरण सम्बन्धी सचेतामुलक नाराहरु राखिएको छ । यस्तै महिलालाई सम्मान गर्नुपर्ने सन्देश सहित आत्महत्या रोकथामबारे सचेतना फैलाउने उद्देश्यले स्टिकर तयार पारिएको छ । स्टिकरमा प्रहरी, गाउँपालिका, विद्युत, एम्बुलेन्स लगायत अत्यावश्यक र आकस्मिक नम्बरहरु राखिएका छन् ।





.jpg)