होमपेज / राजनीति
फागुन २१,सल्यान
जिल्लामा १२ बजेसम्म २० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा १२ बजेसम्म २० दशमलव ७५ प्रतिशत अर्थात ३३ हजार ७१० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा धेरी शारदा नगरपालिकामा ३२ दशमलव १९ अर्थात ७ हजार ९९४ मत खसेको छ । बागचौर नगरपालिकामा ६ हजार , बनगाड कुपिण्डे नगरपालिकामा २९६२, दार्मा गाउँपालिकामा १०४३, त्रिवेणी गाउँपालिकामा २५५१, सिद्ध कुमाख गाउँपालिकामा १९८१ मत खसेको छ । यस्तै छत्रेश्वरी गाउँपालिकामा ३१५०, कालिमाटी गाउँपालिकामा ३७९० र कपुरकोट गाउँपालिकामा २७०४ मत खसेको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा भई रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानका निर्वाचन अधिकृत धिरेन्द्र भण्डारीले बताउनु भयो । । सल्यानमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएको छ । यसपटकको निर्वाचनका लागि १ लाख ६२ हजार ४४९ मतदाताले आफ्नो अमूल्य मत हाल्ने छन् ।





.jpg)