ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा अर्का व्यक्तिले पनि ज्यान गुमाए

  सल्यान खबर २०७६ फाल्गुण १९ गते सोमबार १२:१२:२७ मा प्रकाशित

फागुन १९, २०७६

कोरोना संक्रमणका कारण अमेरिकामा अर्का व्यक्तिको पनि ज्यान गएको छ। वासिङ्गटनको किङ्ग काउन्टी अस्पतालमा उपचाररत ७० बर्षीय एक पुरुषको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।  आइतबार बिहान पनि अमेरिकामा कोरोना संक्रमणबाट एकजनाको ज्यान गएको थियो। ती मानिस नै कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउने पहिलो व्यक्ति थिए।

व्यापक स्वास्थ्य सजगता र सुरक्षाका उपाय अबलम्बन गरेपनि अमेरिकामा संक्रमित र ज्यान गुमाउनेको संख्या थपिँदै गएको हो।  कोरोना महामारी : अमेरिकामा पनि मानवीय क्षति, वासिङ्टनमा आपतकाल घोषणा चीनको हुबेई प्रान्तस्थित उहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थेग्न नसकेर अहिलेसम्म विश्वभर तीन हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन्। चीनमा मात्रै २ हजार ९१२ र चीन बाहिर १४१ जनाले जीवन गुमाएका हुन्। 

चीनपछि इरानमा सबैभन्दा बढी ५४, इटालीमा ४१ र दक्षिण कोरियामा २२ जनाको मृत्यु भएको छ। कोरोना भाइरस अहिलेसम्म ६८ देशमा फैलिइसकेको छ। हालसम्म विश्वका ९० हजार मानिसहरुलाई कोरोना भाइरसको संक्रमण भएको छ। उद्गमथलो चीनमै भने कोरोना संक्रमणको दर घट्न थालेको छ। तर अन्य देशहरुमा भने धमाधम संक्रमित मृत्यु हुनेहरुको संख्या बढिरहेको छ। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top