ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

  सल्यान खबर २०७६ फाल्गुण ७ गते बुधबार १७:३५:१४ मा प्रकाशित

फागुन ७, २०७६

चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ।  हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचार संस्था सीएनएनले जनाएको छ। चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको समाचारमा जनाइएको छ।  चीन बाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा थप एक÷एक जनाको मृत्यु भएको छ।

भाइरस संक्रमणबाट बितेको २४ घण्टामा मात्र १ सय ३२ जनाको मृत्यु भएको छ। केहि दिनदेखि ज्यान गुमाउनेको संख्या घटेको भए पनि हिजो मृत्यु हुनेको संख्या फेरि बढेको हो।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top