ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्वाचनः आयोवा प्रारम्भिक चुनावमा पिट र स्यान्डर्सको अग्रता

  सल्यान खबर २०७६ माघ २२ गते बुधबार १८:३७:२८ मा प्रकाशित

डेस मोइन्स । अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको चुनावी प्रतिस्पर्धामा पूर्व मेयर पिट पिट् बुटजज र सिनेटर बर्नी स्यान्डर्सले अग्रता लिएका छन् । अमेरिकी चुनावी प्रक्रियामा पार्टीका तर्फबाट सर्वाधिक सदस्य बटुल्न सफल व्यक्ति नै राष्ट्रपतिको चुनावका लागि योग्य हुने प्रावधान छ । 

पार्टीको चुनावी प्रक्रिया आयोवा राज्यबाट प्रारम्भ भएको हो । मङ्गलबार भएको चुनावको नतिजा कम्प्युटर प्रणालीमा भएको गडबडीका कारण सार्वजनिक गर्न ढिलाई भइरहेको छ । आयोवा राज्यको पार्टी कार्यालयले करिब ७१ प्रतिशत मतगणना हुँदा बुटिगीगले २६.८ प्रतिशत र स्यान्डर्सले २५.२ प्रतिशत मत प्राप्त गरेको जनाएको छ । 

एघार जना चुनावी मैदानमा रहेको यस प्रतिस्पर्धामा सिनेटर एलिजाबेथ वारेनले १८.४ प्रतिशत र पूर्व उपराष्ट्रपति जो बाइडेनले १५.४ प्रतिशत मत प्राप्त गरेका छन् ।  पपुलर मततर्फ स्यान्डर्सले ३२ हजार ६७३ र बुटिगीगले ३१ हजार ३५३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top