होमपेज / कला/साहित्य
बेचैन मनमा अत्त्यासलाग्दो श्रद्धाञ्जलीले स्तब्ध छु।
दिन दिनै आउन थालेका लासका बाढीले निश्शब्द छु।
कैयौं बस्ती,बस्तीमा जलिरहेका शवहरुले स्तब्ध छु।
बेड पर्खाइमा,हृदयबिदारक चेहराहरुले निश्शब्द छु।
अक्सिजन नपाइ,छट्पटी संक्रमित चित्कारले स्तब्ध छु।
र्ना नलिएकाअस्पताल पेटीका तिरिस्कारले निशब्द छु
असिम वेदनाको विरहमा आइ।सि।यु। नहुँदा स्तब्ध छु।
निश्वास प्राणले खोज्ने,भेन्टिलेटर छैनभन्दा निश्शब्द छु।
कालको जीबनबाट खोपको सहारा माग्ने देखि स्तब्ध छु।
दरिद्रताले केही गर्न सकिन्न भनि भाग्नेहरु देखि निश्शब्द छु ।
बाहन नपाइ,रोदनमय छटपटाहट मनकाआँसुले स्तब्ध छु
प्यासिएर सुकेका आत्मसँग कसरी बाँचुले निश्शब्द छु।
शोक चपाएर सिन्दुर पुछिएकाअनुहार देखि स्तब्ध छु।
सहारा हराएर दुख ओढेका प्याराहरु देखि निश्शब्द छु।
बा,आमा गुमाएका,बेसहारा बालापन प्रति स्तब्ध छु।
भयावहअनिष्ट परेका शोकाकुल मन प्रति निश्शब्द छु।
मृत्युबाट जीवन माग्दा अर्थहीन प्रयत्नसँग,स्तब्ध छु।
कहालीलाग्दोआफन्त गुमेका क्षणहरुसँग निश्शब्द छु।
मनका रहरहरु हत्या हुँदा केवल हेरी बस्नुले स्तब्ध छु।
प्रलयकारी कठोर मृत्युुले घेरी घेरी बस्नुले निश्शब्द छु।
धेरै गर्यौँ भनि,केही छैन भन्ने लाचार देखि स्तब्ध छु।
थेग्न सकिन भनि बोल्ने राज्य सरकारदेखि निश्शब्द छु ।
महामारी भित्रको कमिसन चक्रको खबरले स्तब्ध छु।
मुर्दा युगतिरआँखा घमाइ भ्रष्टाचार कभरले निश्शब्द छु।
बेचैन मनमा अत्त्यासलाग्दो श्रद्धाञ्जलीले स्तब्ध छु।
दिन दिनै आउन थालेका लासका बाढिले निश्शब्द छु।।





.jpg)