ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

शारदा नगरपालिकाका १७३४ किशोरी एचपिभी खोपको पहुँचमा

  सल्यान खबर डेस्क २०८१ फाल्गुण ६ गते मंगलबार १४:१३:०३ मा प्रकाशित

फागुन ६,सल्यान 
सल्यान शारदा नगरपालिमा १ हजार ७ सय ३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ। १० देखि १४ वर्ष उमेर समूहका  १ हजार ७ सय  ४५ किशोरीलाई  खोप लगाउने लक्ष्य रहेकोमा १७३४ किशोरीलाई खोप लगाइएको हो । 

शारदा नगरपालिका सल्यानमा अनुसार १५ वटै वडामा किशोरीलाई खोपको पहुँच भित्र ल्याएको नगरपालिकाले जनाएको छ । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइएको र विद्यालय नजाने किशोरीलाई अभियानको अन्तिम लगाईएको शारदा नगरपालिका स्वास्थ्य शाखाका रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएको थियो । ९९ दशमलव ३४ किशोरीलाई खोप लगाउन सफल भएको उहाँको भनाई छ । 

नेपाल सरकारले १३ थरिका खोपहरु  १६ हजार खोप केन्द्रमार्फत दिईदै आएको छ । यो  अभियानले ९० प्रतिशत किशोरीलाई खोप पु¥याउने लक्ष्य राखेको   विष्टले वताउनुभयो ।  उहाँका अनुसार  ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको क्यान्सर परीक्षण र उपचार समेत सुनिश्चित गर्न सरकारको योजना रहेको छ। यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top