ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ३५ प्रतिशत धान रोपाई

  सल्यान खबर डेस्क २०७७ असार ५ गते शुक्रबार १४:१६:४९ मा प्रकाशित

असार ५, सल्यान 
सल्यानमा शहरी क्षेत्रदेखि ग्रामिण क्षेत्रमा धान रोपाई सुरु भएको छ । यो वर्ष लगातार वर्षात भएको र खोलाहरको पानीको सहत बढेपछि जिल्लाका किसान धान रोपाईमा व्यस्त हुन थालेका छन् । 

बन्दाबन्दीको समय बढ्दै गएपनि भौतिक दुरी कायम गरी किसानहरु धान रोप्न व्यस्त देखिएका छन् । यतिबेला जिल्लाको खाद्यन्न उत्पादनको आधा हिस्सा ओगटेको शारदा फाँटमा किसानहरुलाई धान रोप्ने चटारो रहेको छ ।

समयमै वर्षात भएका कारण धान रोपाई छिटो भएको बागचौर नगरपालिका २ का कृषक भद्र बहादुर घर्तीले बताए । उनले भने ‘पहिले रोपाई गर्न मानिस नपाउने समस्या थियो तर घर परिवार र छिमेकी मिलेर यो वर्ष धान रोपि रहेका छौं । भौतिक दुरी कायम गरी धान रोप्न कार्य भइरहेको उनको भनाई छ ।’ 

सल्यानमा हालसम्म ३५ प्रतिशत धान रोपाई भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । लगातारको वर्षातका कारण यो वर्ष किसानहरुले समयमै धान खेती सुरु गरेको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । उनका अनुसार जिल्लाका शारदा नदि किना, श्रीनगर, रेशम ज्युला, चैवाङ ज्युला, गरि ज्युला, रामपुर, मर्म खोला, बनगाड खोला आसपासमा धान खेती हुने गर्दछ । 

किसानहरुले समयमै धान खेती गरेकाले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि आउने अनुमान गरिएको बस्नेतले बताए । गत आ.व मा ७ हजार ७८ हेक्टरमा धान खेती भएको थियो । 

यस वर्ष सल्यानका तीन पकेट क्षेत्र (शारदा नगरपालिका, बनगाड कुपिनण्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिका)का लागि  ५० प्रतिशत अनुदानमा आधुनिक मेसिनरी औजार, उपकरण, विउ, मल लगायतका सामाग्री उपलब्ध गराइएको बस्नेतले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top