होमपेज / समाज
सञ्जीव शर्मा असार ३, सल्यान
कोरोना भाइरस (कोडिभ १९) को रिर्पोट नेगेटिभ आएपछि क्वारेनटाइनमा बसेका नागरिकहरुले नाँचगान गरेका छन् । आफूलाई कोरोना संक्रमण नभएको भन्दै खुशीयालीमा उनीहरुले नाचगान गरेका हुन ।
जिल्लाको कुमाख गाउँपालिका ५ स्थित सरस्वती माध्यमिक विद्यालय झारकाँडाको क्वारेनटाइनमा बसी रहेका २६ जनाका पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनीहरुले नाँचगान गरेका हुन । विश्वनै आक्रान्त बनाउने रोगबाट आफूहरु बचेको भन्दै नाँचगान गरेको खड्क बहादुर बुढाथोकीको भनाई छ । उनले भने कोरोना लागे मरिहालिन्छ भन्ने प्रचार छ त्यस्तो अवस्थामा कोरोना रिर्पोट नेगेटिभ आउदा निकै खुशी लागेको छ ।
स्वाब संकलन भएको झन्डै दुई हप्ता पछि नेगेटिभ रिर्पोट आउदा निकै खुशी लागेको काशीराज बुढाथोकीले बताए । घरपरिवार, समाज नै डराई रहेको समयमा आफू लगायत २६ जनाको रिर्पोट नेगेटिभ आउदा खुशी भई नाँचगान गरेको उनले बताए ।
मंगलबारमात्र कुमाख गाउँपालिकाका १ सय ५४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको थियो भने एक जनामा पोजेटिभ देखिएको थियो । पिसिआर रिर्पोट नेगेटिभ आएका सबैलाई एक हप्ता होम क्वारेनटाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रकाश भण्डारीले बताए ।
कुमाख गाउँपालिकामा मात्र १८ वटा क्वारेनटाइनमा ५ सय १५ जना बसी रहेका छन् । स्वाब संकलन गरेको लामो समय वितिसक्दा पनि रिर्पोट नआउदा समस्या भएको गाउँपालिकाले जनाएको छ ।





.jpg)