होमपेज / समाज
जेठ २८, सल्यान
कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको टिप्पर लालिघाट बजार नजिकै दुर्घटना भएको छ ।
लालिघाटबाट रास्कोट क्वारेन्टाइनका लागि मान्छे लिएर गइरहेको टिपर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३० भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएको आशंका गरिएको छ ।
उद्धारका लागि अहिले नेपाल प्रहरी, नेपाल आर्मीको टोली घटनास्थलतर्फ गएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईले बताए ।