ट्रेण्डिङ

होमपेज / समाज

कुमाख गाउँपालिका सल्यानका ५२ जना क्वारनेटाइनबाट घर फर्किए

  संजिब शर्मा २०७७ जेठ २७ गते मंगलबार १६:०९:५० मा प्रकाशित

संजीव  शर्मा  २०७७ जेठ २७ 
भारतका विभिन्न ठाउँबाट आई क्वारेनटाइनमा बसेका कुमाख गाउँपालिकाका  ५२ जना घर फर्किएका छन् । जेठ ५ गतेदेखि क्वारेनटाइनमा बस्दै आइरहेका र पीसिआर रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको गाउँपालिकाले जनाएको छ । 

भारतबाट आएका ४४जना र अन्तर जिल्लाबाट आई होम क्वारेन्टाइन बसेका ८ जना गरि ५२ जनाको  पीसिआर रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख मानसिह वलिले  बताए ।
क्वारेनटाइनमा बसेका ४४ जना  होम क्वारेनटाइनमा थप एक हप्ता बस्ने गरी घर पठाइएको उनको भनाई छ । 
नारायण माध्यमिक विद्यालय रुमाल गाउँबाट २ जना गुरुदासे माध्यमिक विद्यालय बाट ९ जना जनकल्याण माध्यमिक विद्यालय  बडागाउँ कोट बाट ११ जना स्वरस्वती माध्यमिक विद्यालय  झारकाडा बाट ९ जना भेरी माध्यमिक विद्यालय  टाट्के बाट १३ जना बस्दै आइरहेका थिए ।

 अन्तर जिल्लाबाट घर फर्किई होम क्वारेन्टाइन बसेका ८ जना गरि ५२ जनाको  रिपोर्ट नेगेटिभ आएपछी एक हप्ता होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top