होमपेज / समाज
कोरोनाको इपिसेन्टर बन्दै सल्यान बनगाड कुपिण्डे
आजमात्र थपिए २८ जना
दिपक शर्मा जेठ २५, सल्यान
सल्यानमा आइतबार थप २८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका क्वारेनटाइनमा बसी रहेका २८ जना संक्रमित थपिएको प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले पुष्टि गरेको हो ।
योसँगै बनगाड कुपिण्डे नगरपालिका कोरोनाको इपिसेन्टर बन्न पुगेको छ । नगरपालिकामा मात्रै संक्रमितको संख्या एक सय सात पुगेको छ ।
नगरपालिकामा १७ गते २५ जना, १९ गते १७, २४ गते ३७ र आज आइतबार २८ जनामा कोरोना संक्रमित भेटिएका छन् । सल्यानमा संक्रमितको संख्या भने १ सय १९ पुगेको छ ।
आइतबार संक्रमित हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका १ का १८, १९, २०, २०, ३८, ६०, २२, २४ र २५ वर्षका पुरुष तथा १६ वर्षिया एक महिला रहेका छन् । वडा न ३ का २२, २९, २० र २४ वर्षका पुरुष, वडा न ४ का २८, ४९ र ५६ वर्षका पुरुष रहेका छन् ।
यस्तै वडा न ५ का १७ र २०, वडा न ६ का ३५र ३६, वडा न ७ का २१, २२, २३, २५, ३३ , २३ रहेका छन् ।
संक्रमित सबैलाई सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
बनगाड कुपिण्डे नगरपालिकामा १ सय ७, दार्मा गाउँपालिकामा ९, कुमाख गाउँपालिकामा २ र कपुरकोट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





.jpg)