ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा चार हजार बढी नागरिक भारतबाट भित्रिए

  सल्यान खबर डेस्क २०७७ जेठ २५ गते आइतबार १४:१९:४९ मा प्रकाशित

जेठ २५, सल्यान 
जिल्लामा क्वारेनटाइमा बस्नेको संख्या बढ्दै जान थालेको छ । गएको २४ घण्टामा सल्यानमा चार हजारबढी नागरिक भारतका विभिन्न नाकाबाट सल्यान भित्रिएका छन् । 
भारतबाट आएका नागरिक स्थानीय पालिकाहरुले निमार्ण गरेका क्वारेनटाइनमा बसी रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

एकै पटक ठुलो संख्यामा नागरिकहरु जिल्ला भित्रिदा व्यवस्थापनमा निकै समस्या भएको स्थानीय पालिकाहरुले जनाएका छन् । पालिका भित्रका सार्वजनिक संरचनाहरुमा क्वारेनटाइन बनाई नागरिकहरु गर्दा पनि अझै व्यवस्थापन गर्न समस्या भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । पालिकामा बनाइएका क्वारेनटाइन भरीभराउ भएपछि दुई हप्ता भारतबाट नेपाल नआइ दिन आग्रह गरिएको उनको भनाई छ । 


हुलका हुल नागरिक आउदा क्वारेनटाइनको व्यवस्थापनमा चुनौती थपिनुका साथै कोरोनाको जोखिम पनि बढेको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताए । 
 बनगाड कुपिण्डे नगरपालिकामा सबैभन्दा धेरै १ हजार ५ सय ६१ बसी रहेका छन् । 
बागचौर नगरपालिकामा ४ सय २९ शारदा नगरपालिकामा १ सय ६८, सिद्ध कुमाख गाउँपालिकामा २ सय ८९, दार्मा गाउँपालिकामा ३ सय ५७,  त्रिवेणी गाउँपालिकामा ३८ जना रहेका छन् । यस्तै छत्रेश्वरी गाउँपालिकामा २ सय ५ , कपुरकोट गाउँपालिकामा ४१, कालिमाटी गाउँपालिका २ सय २८ र कुमाख गाउँपालिकामा ४ सय जना क्वारेनटाइनमा बसी रहेका छन । 

 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top