ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एकै दिन थपिए ३८ संक्रमित, सबै बनगाड कुपिण्डे नगरपालिकाका

संक्रमितको संख्या ९२ पुग्यो

  सल्यान खबर डेस्क २०७७ जेठ २४ गते शनिबार १७:१०:१२ मा प्रकाशित

जेठ २४, सल्यान 
सल्यानमा एकै दिन ३८ कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३८ जनाका कोरोना पुष्टि भएको हो । 
कोरोना पुष्टि भएका सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । संक्रमित हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका वडा न १ का १८, २० र ३४ वर्षका पुरुष, वडा न २ का २० वर्षिय पुरुष र २१ वर्षिया महिला रहेका छन् । 
यस्तै वडा न ३ का १४, १८, २४, २४, ३२, ३४, ३४, ३८, ४०, ४२ र ५७ वर्षका पुरष, वडा न ४ का २०, २१, ३०, ३०, ४२ र ५५ वर्षका पुरुष, वडा न ५ का १९ र २० वर्षका  पुरुष र २१ वर्षिया महिला रहेका छन् ।
 यस्तै वडा न ६ का १९, २०, २०, २०, २४, २४, २४, ३१, ३६, ४० वर्षका पुरुष, वडा न ७ का १९, २५ र २५ वर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

संक्रमितको संख्या ९२ पुग्यो 

शनिबार एकैदिन ३८ जना संक्रमति थपिएसँगै सल्यानमा संक्रमितको संख्या ९२ पुगेको छ । 
संक्रमित मध्ये बनगाड कुपिण्डे नगरपालिकाका ८०, दार्मा गाउँपालिकाका ९, कुमाख गाउँपालिकाका २ र कपुरकोट गाउँपालिकाका १ जना रहेको छन् । 
सक्रमितहरु मध्ये १३ जनाको सुर्खेत प्रदेश अस्पताल , १२ जना सल्यान अस्पताल र वाँकी ५७ जनाको सल्यान बहुमुखी क्याम्पसमा निमार्ण गरिएको आइसोलेसनमा उपचार भइरहेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top