ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका संक्रमित तीन दिनदेखि क्वारेनटाइनमा

  सल्यान खबर डेस्क २०७७ जेठ २१ गते बुधबार १७:२३:४३ मा प्रकाशित

जेठ २१, सल्यान 
सल्यानका १७ कोरोना संक्रमित विगत तीनदिन देखि क्वारेनटाइनमा बस्दै आइरहेका छन् ।

सोमबार कोरोना पुष्टि भएका बनगाड कुपिण्डे नगरपालिकाका १७ संक्रमित क्वारेनटाइनमा बस्दै आइरहेका हुन । नगरपालिकाको प्रभाकर माध्यमिक विद्यालयमा ३ जना र बनगाड क्याम्पस बनगाडमा १४ जना तीन दिन देखि क्वारेनटाइनमा बस्दै आएका छन् ।

सुर्खेत र चौरजहारी अस्पतालले संक्रमित लिन आनाकानी गरेपछि जिल्लामै एक सय वार्डको आइसोलेसन निमार्ण गर्दा केही समय लागेको मेयर गोविन्द कुमार पुनले बताए । 
बुधबार नै पठाउने तयारी गरे पनि आइसोलेसन निमार्णमा केही ढिलाई भएका कारण नपठाउन प्रशासनले आग्रह गरेको र बुधबार साँझसम्म पठाइने बताए । 
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज साँझसम्म ल्याउने तयारी भइरहेको बताए । आफु लगायत नेपाली सेनाको टोली लुहापिङमा आइओलेसन वेड निमार्ण लागि रहेको उनको भनाई छ ।

 जिल्लामा संक्रमितको संख्या बढ्दै जानथाले पछि एक सय शश्याको आइसोलेसन वार्ड निमार्ण गर्न थालिएको र तयारी अन्तिम चरणमा पुगेको पोखरेलको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top