होमपेज / समाज
जेठ १९, सल्यान
बाँकेको अगैया नजिकै जंगलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन् ।
घाइते हुनेमा सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज ब. बुढाथोकी, १८ बर्षिय धन ब बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दिप ब. बुढा, शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निम ब. बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान ब. बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।
यस्तै दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिय विष्णु गिरी, वडा नं. २ का २३ बर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं २ का २१ बर्षिय जीवन घर्ती, २० बर्षिया भरत थापा रहेका छन् ।
यस्तै रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिय सुनिल परियार, सोही ठाउँका २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिय नर ब। बिक, रोल्पाका ४० बर्षिया दिल ब. वि.क रहेका छन् । घाइते सबैको कोहलपुरमा उपचार भईरहेको छ ।
नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना भएको थियो । गाडी ठुरिया जंगलमा रोकिराखेको वा ४ ख ९०६४ नम्वरको ट्रकमा ठोक्किएको थियो । गाडिमा ३३ जना सवार थिए । दुर्घटनामा मृत्तकको सनाखत हुन सकेको छैन ।





.jpg)