ट्रेण्डिङ

होमपेज / समाज

रुकुम घटनाका पिडितलाई न्याय माग्दै सल्यानमा विरोध प्रदर्शन

  सल्यान खबर डेस्क २०७७ जेठ १८ गते आइतबार १६:५६:१५ मा प्रकाशित

जेठ १८, सल्यान  
रुकुम पश्चिममा भएको घटनाको विरोधमा सल्यानमा विरोध प्रर्दशन गरिएको छ । दलित अधिकारका क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुले रुकुममा भएको हत्याकाण्ड ¥याली सहित विरुद्ध विरोध प्रदर्शन गरेका छन् । 

दोषीलाई कडा कारवाहीको माग गर्दै उनीहरुले सल्यान सदरकुमाख परिक्रमा गरेका छन् । संयुक्त दलित संघर्ष समितिले अपराधिक घटनामा संलग्नलाई कडा कारवाही गर्न, उच्च स्तरिय छानविन समिति गठन गर्न माग गरेका छन् । 
जातिय विभेदकै कारण ज्यान गुमाउनु पर्ने अवस्थालाई अन्त्य गर्न दोषी उपर कडा कारवार्ही गर्नु पर्ने दलित अगुवा गुमान सिहं नेपालीले बताए ।

 घटनालाई राजनीतिकीकरण गर्ने भन्दा घटनाको सत्यतथ्य सार्वजनिक गरी निर्मम घटनाको जति भत्र्सना गरे पनि कमै हुने बताए । यस्तै जिल्ला प्रशासन कार्यालय मार्फत गहृमन्त्रीको ध्यानाकर्षण पत्र बुझाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top