ट्रेण्डिङ

होमपेज / समाज

कुमाख गाउँपालिकामा १२२ जनाको स्वाब सङ्कलन

  संजिब शर्मा २०७७ जेठ १७ गते शनिबार १७:२८:४६ मा प्रकाशित

सञ्जीव शर्मा जेठ १७, सल्यान 
 कुमाख गाउँपालिकामा कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । 
भारत लगायत अन्तरजिल्लाबाट आएका १ सय २२ जनाको शनिवार गाउँपालिकाको नव निमित्त स्वास्थ्य भवनमा  पीसिआर रिर्पोटका लागि स्वाब संकलन गरिएको हो । 

भारतबाट आएका १सय १३जना र नेपालकै विभिन्न जिल्लाबाट होम क्वारेन्टाइनमा बसेका ९ जना गरि जम्मा १२२ जनाको स्वाब सङ्कलन गरि प्रदेश  अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगर गिरिले बताइन ।

पछिल्लो समय भारतबाट विना कोरोना परीक्षण जिल्ला भित्रिदा कोरोना संक्रमणको सम्भावना बढेर गएको छ । नाका तथा क्वारेनटाइनमा नै कोरोना परीक्षण गरिए गाउँघर सामान्य अवस्थामा रहने उनको भनाई छ । 

गाउँपालिकाले सात वडामा ९ स्थानमा ५० वेड रहने गरी ४ सय ५०शश्याको  क्वारेनटाइन निमार्ण गरेको छ । हाल क्वारेनटाइनमा १ सय ६७ जना रहेका बसी रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top