ट्रेण्डिङ

होमपेज / समाज

दार्मा गाउँपालिकाले गर्‍यो कोराना विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको विमा

  प्रकाश शर्मा २०७७ जेठ १४ गते बुधबार १८:५२:४० मा प्रकाशित

प्रकाश शर्मा जेठ १४ २०७७, सल्यान
सल्यानको दार्मा गाउँपालिकाले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुको कोरोना विमा गरेको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबैको विमा गरिएको गाउँपालिकाले जनाएको छ । 


दार्मा गाउँपालिका जिल्लामा कोरोना विमा गराउने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिका भित्रका १ सय ३२ जनाको विमा गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । यस्तै छत्रेश्वरी गाउँपालिकाले २९ जनाको गरेको छ भने शारदा नगरपालिकाले पनि विमा गराउने घोषणा गरी सकेको छ  । 


विमा बापत प्रति व्यक्ति ६ सयका दरले रकम लिइएको र पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा एक लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सोरेन्स प्रा.लि.का सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए । विमाकको समय एक वर्षको हुने छ । तीन महिनादेखि जेष्ठ नागरिकसम्मले कोरोना विमा गर्न सक्ने उनको भनाई छ । 
नेको इन्सोरेन्सबाट हालसम्म ४ सय ८४ जनाको कोरोना विमा गरिएको शाखा प्रमुख दाहालको भनाई छ । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top