होमपेज / समाज
१२ जेठ २०७७,सल्यान
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले कसैको सेन्सर सिप महासंघलाई स्वीकार्य नहुने बताएको छ ।
कुनै समाचार प्रकाशन वा प्रसारण गर्नु अघि कुनै निकायलाई देखाउनु वा सोध्नु पर्ने भन्ने विषय पत्रकार महासंघका लागि स्वीकार्य नहुने बताएको छ ।
महासंघले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै सल्यान उद्योग वाणिज्य संघले निकालेको विज्ञप्ती प्रति महासंघको गम्भिर ध्यानाकार्षण भएको बताएको छ । सञ्चार माध्यमलाई सेन्सरसिप लगाउने ढंगले सल्यान उद्योग वाणिज्य संघले निकालेको विज्ञप्ती आपत्तिजनक रहेको उल्लेख गरिएको छ समेत उल्लेख गरिएको छ ।
विज्ञप्तीमा कुनै सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारका विषयमा चित्त नबुझे सम्बन्धित सञ्चार माध्यम तथा सम्बन्धित निकायमा उजुरी गर्न कानुनी व्यवस्था भएको भन्दै कुनै समाचार लेख्नु अघि अनुमति माग्नु प्रेस स्वतन्त्रतासँग मेल नखाने विषय भएको उल्लेख गरिएको छ ।
कोरोना भाइरसबाट सुरक्षित रहँदै सामाजिक उत्तरदायित्व, जवादेही र पत्रकार आचार सहिंताको पूर्ण पालना गरी सत्थय तथ्यमा आधारित समाचार प्रकाशन प्रसारण गर्न पनि पत्रकार तथा आम सञ्चार माध्यमलाई विज्ञप्तीमा उल्लेख गरिएको छ ।






.jpg)