ट्रेण्डिङ

होमपेज / समाज

छत्रेश्वरी गाउँपालिकामा कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी र जनप्रतिनिधिको विमा

दोस्रो चरणको राहत वितरण

  सल्यान खबर डेस्क २०७७ जेठ ११ गते आइतबार ०८:२१:१३ मा प्रकाशित

जेठ ११ २०७७,सल्यान 
सल्यानको छत्रेश्वरी गाउँपालिकाले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी र जनप्रतिनिधिहरुको संस्थागत विमा गर्ने भएको छ । 


कोभिड १९ का विरुद्ध रोकथाम, नियन्त्रयण उपचार, व्यवस्थापन र स्वास्थ्यमा खट्ने जनप्रतिनिधि र कर्मचारीको अधिकतम रु १ लाखको संस्थागत कोरोना भाइरस जोखिम विमा गर्ने भएको हो । 


गाउँकार्यपालिकाको निर्णय अनुसार जोखिम मोलेर कार्यमा खटिने सबैको विमा गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष शन्तोष केसीले बताए । उनले भने कोरोना भाइरसको रोकथाम, उपचार, व्यवस्थापन र स्वास्थ्यमा खटिने कर्मचारी र जनप्रतिनिधिको एक लाख सम्मको विमा गर्ने निर्णय गरेका छौं । अहिलेको यो संकट तथा जोखिमको अवस्थामा खटिनु हुने जनप्रतिनिधि र  कर्मचारीको विमा गराइन्छ उनले भने । 


दोस्रो चरणको राहत वितरण 

गाउँपालिकाले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी खाने अति विपश्न्न सातै वडाका परिवारलाई दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । 
नेपाल सरकारले कोरोना भाइरस संक्रमण हुन नदिन जारी गरेको लकडाउनका काराण दैनिक जीविकोपार्जज गर्न समस्या भएका अतिविपन्न घरपरिवारलाई दोस्रो चरणको राहत दिने निर्णय गरेको अध्यक्ष केसीले बताए । पहिलो चरणो राहत वितरण सकिएता पनि बन्दाबन्दीका कारण दोस्रो चरणको राहत वितरण कार्य सुरु गर्न लागिएको उनको भनाई छ ।


 वडा कार्यालयले सर्वदलिय र सर्वपक्षिय राय सुझाव संकलन गरी रहेको र उक्त राय सुझाव र कार्यालय को मापदण्डका आधारमा दैनिक मजदुरी बाहेकअन्य विकल्प नभएका सातै वडाका अति विपन्न परिवारलाई राहत वितरण गरिने अध्यक्ष केसीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top