ट्रेण्डिङ

होमपेज / समाज

वडा अध्यक्षले आफुखुशी राहात बाडेको भन्दै वडा कार्यालयमा तालाबन्दी

  सल्यान खबर डेस्क २०७७ जेठ ९ गते शुक्रबार १७:१९:०७ मा प्रकाशित

९ जेठ २०७७, सल्यान 
वडा अध्यक्षले आफुखुशी राहात वितरण गरेको भन्दै सल्यानको शारदा नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन । राहात वितरण गर्दा वडा अध्यक्षले मनोमानी ढङगले वितरण गरेको भन्दै स्थानीयले शुक्रबार दिउँसो तालाबन्दी गरेको हुन । 


पहिलो चरणको राहात वितरण गर्दा आफ्नो नजिकको मान्छेलाई बितरण गरेको र अहिले दोस्रो चरणको राहात वितरण गर्दा पनि पार्टीको मान्छेलाई र नजिकको मान्छेलाई वितरण गरेको भन्दै तालाबन्दी  गरेको स्थानीय रोजेश बुढाथोकीले जानकारी दिए ।

राहात वितरण गर्दा स्वच्छ निष्पक्ष तरिकाले गरिब, विपन्न बर्गलाई वितरण गर्नुपर्ने भन्दै तालाबन्दी गरेको उनको भनाई छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top