ट्रेण्डिङ

होमपेज / समाज

कोरोना परीक्षण विना नै जिल्ला भित्रिए पाँच सय सल्यानी

प्रहरी र यातायात व्यवसायीको मिलेमतोमा दुई गुणा चर्को भाडा तिरेको गुनासो

  सल्यान खबर डेस्क २०७७ जेठ ८ गते बिहीबार १४:५७:३३ मा प्रकाशित

जेठ ८,सल्यान 
कोरोना भाइरस संक्रमणको परीक्षण विना नै सल्यानमा झन्डै पाँच सय नागरिक जिल्ला भित्रिएका छन् ।
 भारतका विभिन्न स्थानबाट नेपालगञ्ज आएका सल्यानका नागरिकहरु आरडिटी तथा पीसिआर जाँच विनानै जिल्ला भित्रिएका हुन । 


जिल्लाको कपुरकोट नाकाबाट ५८ जना र बबई नाकाबाट ४ सय १२ जना जिल्ला भित्रिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । ठुलो संख्यामा नागरिकहरु आएकाले स्थानीयपालिकाहरु निमार्ण गरेका क्वारेनटाइनको सख्ंया बढाउनु पर्ने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । 


कपुरकोट नाकाबाट आएका सबैलाई कपुरकोट नाकामा नै रोकेर राखेको र उनीहरुको त्यही नै आरडिटी परीक्षण गरेर सम्बन्धित पालिकाको क्वारेनटाइनममा पठाइने उनको भनाई छ । यस्तै बबई नाकाबाट आएका ४१२ जनालाई बनगाड कुपिण्डे नगरपालिकाका सल्लीबजारमा रोकिएको छ । उनीहरुलाई नगरपालिकामा स्थापना गरिएका क्वारेनटाइनमा राखि स्वास्थ्य जाँच गरिने मेयर गोविन्द कुमार पुनले बताए । 


 भारतका विभिन्न स्थानमा रोजगारीका लागि झन्डै १८ हजार सल्यानी पुगेका छन्  । लकडाउन यता एक हजार आइ सकेको र ६ देखि ७ हजार आउने अनुमान रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए ।  


प्रहरी र यातायात व्यवसायीको मिलेमतोमा दुई गुणा चर्को भाडा तिरेर आए नागरिक 


भारतबाट नेपालगञ्ज नाकाबाट आएका सल्यानका नागरिकहरुले दुई गुणा भाडा तिरेर सल्यान आइपुगेका छन् ।  वाँके प्रहरी र यातायात व्यवसायीको चर्को भाडा तिराएर जवरजस्ती जिल्ला पठाएको उनीहरुको आरोप रहेको छ । कतिपयले नगद नभएपछि मोवाइल विक्री समेत गरेका छन् । 


कपुरकोट नाकामा आएका नागरिकहरुले प्रतिव्यक्ति १५ सय रुपैँया भाडा तिरेको गुनासो गरे । यस्तै बबई नाकाबाट आएका नागरिकहरुले पनि साढे तीन सय भाडा भाइकोमा एक हजार तिरेर आएको बताएका छन् । 
 नेपालगञ्जमा १५ सय नदिए डण्डा लगाउँछौ भन्दै गाडीमा राखेको बनगाड कुपिण्डे नगरपालिकाका गोपीलाल रानाले बताए । भारतमा भन्दा नेपालमा आएपछि थप दुःख पाएको उनको भनाई छ । 


प्रहरी र यातायात व्यवसायीको मिलेमतो चर्को भाडा असुली गरिनु निकै खेद पुर्ण भएको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द कुमार पुनले बताए । लकडाउनको मौका छोरी अलपत्र यात्रुलाई दुख दिएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top