ट्रेण्डिङ

होमपेज / समाज

लकडाउनलाई कायमै राख्ने उच्चस्तरीय समितिको निर्णय

  सल्यान खबर डेस्क २०७७ जेठ ४ गते आइतबार १९:१९:४९ मा प्रकाशित

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गठित उच्चस्तरीय समितिको बैठकले लकडाउन कायमै राख्ने निर्णय गरेको छ । 

आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी रहेको निष्कर्ष निकाल्दै यसलाई यथावत राख्ने निर्णय भएको समितिका प्रवक्ता नारायण विडारीले रातोपाटीलाई जानकारी दिए । 

यस्तै क्वारेन्टाइनस्थल थप गर्दै जाने, शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने निर्णय पनि बैठकले गरेको छ ।  

आइतबारको मन्त्रिपरिषदको बैठकले समितिको सिफारिसका आधारमा यसबारे औपचारिक निर्णय लिनेछ ।

सरकारले लागू गरेको लकडाउनको समयसीमा सोमबारदेखि सकिदै छ । 

सरकारले चैत ११ देखि लकडाउन लागू गरेपनि नेपालका कोरोनाको संक्रमण देखिने क्रम भने रोकिएको छैन । आइतबारसम्म नेपालमा कोरोना संक्रममितको संख्या २९२ पुगेको छन् भने २ जनाको मृत्यु भएको छ ।

यस्तै ३६ जना भने निको भएर घर फर्किएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top